![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B0%E0%A4%A5-%E0%A4%AA%E0%A4%B2%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%A6%E0%A4%BE-%E0%A5%A8-%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A5%81.jpg)
वीरगंज । बाराको आदर्शकोतवाल गाउँपालिकामा गएराति बेहुली लिन जाने क्रममा रथ पल्टिँदा दुई युवतीको घटना स्थलमै मृत्यु भएको छ भने रथले च्यापिएर अन्य १४ जना घाइते भएका छन् ।
घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको हुँदा वीरगंज स्थित एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना घाइतेको कलैया स्थित राज्यलक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।
रथ पल्टिएर घटना स्थलमै मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा निवासी बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकी नगर निवासी दीपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी राम रहेको डिएसपी थापाले बताउनुभयो ।
स्थानीय लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याइएको थियो ।
रथ समेत लिएर गाउँकै ब्रम्हस्थानमा पूजा गरी फर्किने क्रममा रथ अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको थियो । रथ दुलही लिन जानका लागि दुलहा चढ्न अगाडि नै पल्टिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
https://ift.tt/3qWzqM2
प्रतिक्रिया लेख्नुहोस्