Menu

आजको मौसम

वीउवासङ्घद्वारा थप समिति विस्तार

Author
Trilok Khabar |
January 16, 2022
Featured

वीरगञ्ज, माघ २÷

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समिति विस्तार गरेको छ । विस्तारित समितिमा कृषि प्रबद्र्धन समिति रहेको छ । कृषि प्रबद्र्धन समितिको संयोजकमा तारा प्रसाद मनोनयन भएका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले यहाँले समितिको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै सङ्घ अन्तर्गत रहेका समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो ।

कृषि प्रबद्र्धन समितिका संयोजक तारा प्रसादले आफू माथि विश्वास गरी समितिको संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै समितिको काम कारवाही आफूले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने बताएका थिए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सचिव आशीष लाठ, सह–सचिव अनोज रुँगटा लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3