Menu

आजको मौसम

सिटिईभिटीको परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीद्वारा जनकपुरधाममा प्रदर्शन

Author
Trilok Khabar |
January 30, 2022
Featured

जनकपुरधाम । जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) विरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । परीक्षा स्थगित गरेको भन्दै आज दोस्रो दिन विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । 

विद्यार्थीहरूले सीटीइभीटीले परीक्षा स्थगित गरेको भन्दै नगर क्षेत्रभित्र प्रदर्शन गरेका छन् । उनीहरूले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग विद्यार्थीहरूले माग गरेका छन् । 

३ वर्षको कोर्षलाई ५ वर्षसम्म पुर्‍याउने काम भएको भन्दै पटक–पटक परीक्षा स्थगित भइरहेको आफूहरू निक्कै पीडित हुनु परेको जनाएका छन् । प्रदर्शनको क्रममा विद्यार्थीहरूले सडक अवरुद्ध गरी चक्काजाम गर्न खोज्दा स्थानीय मुरलीचोकमा प्रहरीले उनीहरूमाथि सामान्य बल प्रयोग समेत गरेका थिए ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरूको सङ्ख्या पनि बढी भएकोले सीटीइभीटीले परीक्षा पटक पटक स्थगित गरेको थियो । परिषद्ले माघ १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रि–डिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेकोमा त्यो परीक्षा पनि स्थगित गरेको गुनासो विद्यार्थीहरूले गरेका छन् । 

परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेकोमा कोरोनाको तेस्रो लहरका कारणले स्थगित गरेको छ ।



https://ift.tt/6iRCLWEJq

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3