Menu

आजको मौसम

भारतीय नागरिकको शव भेटियो

Author
Trilok Khabar |
January 07, 2022
Featured

२३ पुस, वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ ।

भारत कलकत्ता घर भई वीरगञ्ज–३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए ।

नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । पछि मात्रै उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । ई–रिक्सा चलाउनु अघि उनी छाला उद्योगमा मजदुरी गर्थे । उनी बुधबार ६ बजेदेखि नै ई–रिक्सा सहित हराएका थिए ।

टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएकाले कर्तव्य गरी मारेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक खनालले पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए ।

'शव भेटिएको स्थानको वरपर घर छैन, एकदमै एकान्त स्थान छ,' उनले भने 'टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएको छ । कर्तव्य गरेर पनि मारेको पनि हुन सक्छ ।' घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3