Menu

आजको मौसम

जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा राहत वितरण 

Author
Trilok Khabar |
January 31, 2022
Featured

लहान । शितलहर पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७८ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको दुई नगरपालिकामा राहत वितरण गरेको छ । शितलहरबाट प्रत्यक्ष प्रभावित लक्षित वर्ग अन्तर्गत विपन्न परिवारहरूलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।  

धनगढीमाई नगरपालिकाका वडा नम्बर ५, ६, ७, ९, १२ र १३ का करिब दुई सय जनालाई प्रति व्यक्ति २५ किलो चामल, १० किलो पिठो, बल्याङ्केट १ थान, १ लिटर खानेतेल, १ किलो नुन, चना १ किलो, चिनी १ किलो, मुसुरो दाल १ किलो, साबुन ४ पिस लगायतको सामग्री सहयोग गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिनुभयो । 

त्यसैगरी मिर्चैया नगरपालिकाको विभिन्न वडाहरूमा ५ सय थान बल्याङ्केट समेत वितरण गरेको उहाँले बताउनुभयो । राहत वितरण कार्यक्रममा फाउन्डेसनका स्वयंसेवक पियारत्न महर्जन, दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक भोला पासवान, नेपाली काँग्रेसका सिरहा सभापति रामचन्द्र यादव, जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी, जनपथ, सशस्त्र प्रहरी, स्थानीय समाजसेवी बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो । 

जिल्ला प्रशासन कार्यालय सिरहालाई चु जी फाउन्डेशन ताइवानले उक्त सामग्री हस्तान्तरण गरेको बुझिएको छ ।



https://ift.tt/hJOLTzIb8

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3