जनकपुरधाम । प्रदेश नंं को नाम तथा राजधानीको टुङ्गो लगाउनका लागि प्रदेश सभाको बैठकबाट सभामुखको सभापतित्वमा गठन भएको विशेष समितिले सहमतिको प्रयास जारी राखेको छ ।
विशेष समितिका सभापति एवं प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले विभिन्न दलहरूको पटक पटक बैठक गरेर सहमतिको प्रयास गरिराख्नु भएको छ । प्रदेश नंं २ को राजधानीको विषयमा करिब करिब दलहरूका बीचमा सहमति भएपनि नाउँको विषयमा विमति रहेको छ ।
समितिका सभापति एवं प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले २९ गतेसम्म समितिको समय भएकाले त्यो भन्दा अगाडि नै सबै दलका संसदीय दलका नेताहरूसँगको बैठक आइतबार गर्न लाग्नु भएको जानकारी दिनुभयो । संसदीय दलका नेताहरूको बैठकले प्रदेशको नाम तथा राजधानी दुई तिहाइ होइन सर्वसम्मतिले निर्णय गर्ने प्रयासमा आफू लागेको बताउनुभयो ।
सर्वसम्मतिले प्रदेश नंं २ को राजधानी तथा नामको निर्णय गरेर देश तथा विदेशमा राम्रो सन्देश दिने पक्षमा आफू रहेको सभामुख सरोज कुमार यादवले रेडियो नेपालसँग कुरा गर्दै जानकारी दिनुभयो ।
प्रदेश नंं २ को नाम विषयमा दलहरू विभाजित भएपनि राजधानीको विषयमा दलहरूका बीचमा खासै भिन्नता नभएपनि दुई जना प्रदेश सभाका सदस्यले व्यक्तिगत रुपमा वीरगञ्जको नाउँ राजधानीका लागि दर्ता गराएका छन् । दलहरू जनकपुरधाम राजधानी बनाउने विषयमा करिब करिब सहमत रहेका छन् ।
यसै गरी मधेश प्रदेश प्रति जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र सहमत भएपनि नेपाली काँग्रेसले मिथिला भोजपुरा, नेकपा एकीकृत समाजवादी पार्टी तथा नेकपा एमाले जानकी प्रदेश गरेर ४ वटा प्रस्ताव दर्ता गरेका छन् ।
https://ift.tt/3JM0WmN
प्रतिक्रिया लेख्नुहोस्