Menu

आजको मौसम

आइसीपीमा फेरि ४० करोड बढीको लगानीमा धमाधम पूर्वाधार थप

Author
Trilok Khabar |
February 24, 2022
Featured

वीरगंज । आयात निर्यात व्यापारलाई सहज बनाउने उद्देश्यले वीरगंजको अलौमा स्थापित एकीकृत सुरक्षा जाँच चौकी आइसीपीमा करोडौँको लगानीमा धमाधम पूर्वाधार निर्माणको कामले तीव्रता पाएको छ । 

सञ्चालनमा आएको ४ वर्ष नबित्दै नमुना आइसीपीको रुपमा रहेको वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकीमा ४० करोड भन्दा बढीको थप १३ वटा पूर्वाधार निर्माण भइरहेको छ । 

एकीकृत सुरक्षा जाँच चौकी सञ्चालनको जिम्मा पाएको इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले ४ वर्षयता आइसीपी परिसर भित्र १ हजार १ सय ४५ वर्ग मिटरको गोदाम, ३ सयदेखि ३ सय ५० सम्म मालवाहक ट्रक अट्ने क्षमता भएको पार्किङ, ४ सय ५० वर्ग मिटरको खुल्ला सेड निर्माण भएको छ । 

त्यसैगरी, क्वारेनटाइन, डोरमेटिक र कस्टम क्लियरिङ भवनमा १/१ तल्ला थप, कर्भस्टोन, ३ किचेन सेड, सेक्युरिटी ब्यारेक र गेस्टहाउस निर्माण भएको बताउनुभयो । 

उहाँले दुई सयदेखि ३ सयसम्म कार अट्ने क्षमता भएको अर्को पार्किङ स्थल, नेपाल गेटदेखि पदम रोडसम्म १ किमी सडक विस्तार लगायतका काम भइरहेको पनि जानकारी दिनुभयो । 

झण्डै ५ अर्बको लागतमा भारत सरकारले नेपाल र सीमापारि भारतीय भूमिमा एकैखाले संरचना भएको एकीकृत सुरक्षा जाँच चौकी २०७४ सालमै निर्माण सम्पन्न गरेको थियो । 

आइसीपी निर्माणकै समयमा वीरगन्जका उद्योगी व्यवसायी तथा आयात निर्यातकर्ताहरूले आइसीपी परिसरमा थुप्रै पूर्वाधार अभाव रहेको बताएका थिए । 

नेपालको झण्डै आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार वीरगंजको आइसीपी भन्सारबाटै हुने गरेकोले यहाँ हुने पूर्वाधार तथा सुविधाले मुलुककै आयात निर्यात व्यापारमा ठूलो महत्त्व राख्ने वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बताउनु भयो । 



https://ift.tt/6Zwb4CP

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3