Menu

आजको मौसम

तेस्रो बकुलिया गोल्ड कप प्रतियोगिता फागुन १९ गतेदेखि  

Author
Trilok Khabar |
February 28, 2022
Featured

बारा  । बाराको बकुलिया खेल मैदानमा फागुन १९ गतेदेखि  तेस्रो बकुलिया गोल्ड कप प्रतियोगिता सुरु हुने भएको छ । 

आयोजक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ को कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी  तेस्रो बकुलिया  फुटबल प्रतियोगिता  फागुन १९ गतेदेखि सुरु भई फागुन २८ गतेसम्म चल्ने जानकारी दिएको हो । 

प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयले ५० हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ नगद  पुरस्कार  प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष तथा वडा अध्यक्ष मोहित चौधरीले जानकारी दिनुभयो ।

समिश्रण कृषि सहकारी संस्था लि. बकुलियाको सह आयोजना र बकुलिया गोल्ड समिति तथा जनकल्याणकारी क्लबको सञ्चालनमा हुने प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ को कार्यालयले रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

प्रतियोगितमा १० वटा फुटबल  क्लबहरूको  सहभागिता रहने  आयोजकले जनाएको छ । 

आयोजकले प्रतियोगिता सफल पार्न  करिब १३ लाख ७५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।



https://ift.tt/trADUs7

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3