Menu

आजको मौसम

गाँजा, चोरी र सवारी ज्यान मुद्दामा फरार तीनजना पक्राउ

Author
Trilok Khabar |
February 04, 2022
Featured

कलैया, २१ माघ । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले गाँजा, चोरी र सवारी ज्यान मुद्दामा फरार रहेका ३ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ । 
लागूऔषध गाँजा मुद्दामा बारा जिल्ला अदालतले २०७८ वैशाख १२ गते १ वर्ष ६ महीना कैद र रु ७ हजार ५ सय जरिवाना तोकेपछि फरार रहेका जीतपुरसिमरा उपमहानगरपालिका–८ बारा बस्ने बासदेव महतो, २०७७ असोज २८ गते चोरी मुद्दामा बारा जिल्ला अदालतले ९ महीना कैद तोकेपछि फरार रहेका सुवर्णपुर गापा–४ बस्ने रहमान मिया र २०७७ चैत २६ गते सवारी ज्यान मुद्दामा अदालतले ६ महीना कैद तोकेपछि फरार रहेका जीतपुरसिमरा उपमनपा–१० बस्ने सञ्जय हजरालाई पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रनाउ राजेश थापाले जनाएका छन् । 
पक्राउ परेका तीनैजनालाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा आज उनीहरुलाई कैद तथा जरिवाना भुक्तानको लागि वीरगंज कारागार पठाइएको प्रनाउ थापाले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3