Menu

आजको मौसम

एमसिसी सम्झौता विरूद्ध जुलुस र कोणसभा

Author
Trilok Khabar |
February 09, 2022
Featured

वीरगंज, २६ माघ । 
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले एमसीसी सम्झौता विरूद्ध जुलुस र कोणसभा सम्पन्न गरेको छ । 
आज वीरगंजको घण्टाघरमा पार्टीको विद्यार्थी संगठन तथा महिला संगठन समेतको सहभागीतामा निस्केको जुलुस बजार परिक्रमा पश्चात पुनः घन्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
पार्टीको केन्द्रीय सदस्य वैद्यनाथ श्रमजीवीले – संसदवादी दलहरूले देशको स्वाभिमान र स्वतन्त्रतालाई समेत खतरामा पार्नेगरी एमसीसी सम्झौता गर्नलागेको हो बताउनुभयो । यो सम्झौता द्वारा देशको सम्पूर्ण जलसम्पदा माथि अमेरिकाले कब्जा गर्ने कुरा निश्चित भएको ले आम जनसमुदाय सम्झौता बिरूद्ध अवस्य आन्दोलन को आँधी हुरी सृजना हुने र त्यसले अमेरिकी साम्राज्यवाद र नेपाली दलाल शासकहरू समेत मटियामेट हुने बताउनुभयो ।
कोणसभामा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको जिल्ला अध्यक्ष विद्यार्थी नेता नारद रेवानी, वैज्ञानिक समाजवादी महिला संगठनको प्रतिनिधि भागिरथी प्रकृति ले समेत सम्बोधन गर्नु भएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3