Menu

आजको मौसम

भन्सार छली गरेको ५५ लाख बराबरको चकलेट, बिस्कुट बोकेको ट्रक नियन्त्रणमा

Author
Trilok Khabar |
February 24, 2022
Featured

बीरगंज । पर्सा प्रहरीले अवैध रुपमा भन्सार छली भित्र्याइएको ५५ लाख मूल्य बराबरको चकलेट, बिस्कुट तथा किराना सामग्री बोकेको भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ट्रकसहित चालकलाई समेत पक्राउ गरेको छ ।

विल विजकभन्दा बढी खुद्रा माल बस्तुहरू लोड गरी बीरगंजबाट परवानीपुरतर्फ जान लागेको एनएल ०१ एल ६५४८ भारतीय नम्बरको ट्रकलाई गए राति ११ः०० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ गणेशटोलस्थित सडक खण्डबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

ट्रक तथा सोका चालक भारत उत्तर प्रदेश औरैया जिल्ला तैसिल बस्ने २९ वर्षीय सुनिल कुमारलाई नियन्त्रणमा लिएको डिएसपी खनालले बताउनुभयो । 

ट्रकसहित सामानको ५५ लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।



https://ift.tt/zJblr4g

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3