Menu

आजको मौसम

जनकपुरधामको शिव मन्दिरहरूमा भक्तजनको घुइँचो 

Author
Trilok Khabar |
March 01, 2022
Featured

जनकपुरधाम  । महाशिवरात्रिको अवसरमा प्राचीन मिथिलाका राजधानी जनकपुरधामको चार कुनामा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरहरूमा भक्तजनहरूको बिहानदेखि घुइँचो रहेको छ । 

जनकपुरधामको शिव चौकमा रहेको शिव मन्दिर, स्वर्गद्वार स्मशान घाटमा रहेको भूतनाथ मन्दिरमा बिहानदेखि नै भक्तजनहरूले पूजापाठ गरिराख्नुभएको छ । यसका  साथै जनकपुरधामको चार कुनामा रहेको मन्दिरहरूमा पनि भक्तजनको भिड रहेको छ । 

जनकपुरधामको वडा नंं १६ मा रहेको कपिलेश्वरनाथ, वडा नंं १५ मा रहेको कपिलेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथ तथा महोत्तरीकै टुटेश्वरनाथ तथा धनुषाको क्षिरेश्वरनाथ, धनुषा धामसहितको ठाउँमा भक्तजनको अत्यधिक भिड रहेको छ ।

राजा जनकको द्वारपालको रुपमा भगवान् शिव नै रहेको मान्यता अनुसार जनकपुरधामको चारै कुनामा अहिले ऐतिहासिक तथा धार्मिक महत्त्वको शिव मन्दिरहरू रहेका छन् ।  

भगवान् शिवको आजको दिन पूजापाठ गर्नाले विशेष फल प्राप्ति हुने भएकाले भक्तजनहरू उपवास बसेर जल, दूध, भाङ, धतुरो, फूल, अक्षतसहितको सामग्रीहरु चढाएर पूजा अर्चना गरिरहेका छन् । 

यस दिन कतिपयले उपवास बसेर पूजा अर्चना गरेर भगवान् शिवलाई प्रसन्न पार्ने गरेका छन् । 

जनकपुरधामको भूतनाथ मन्दिरमा युवा युवतिहरूले उत्साहित भएर शिवका प्रिय त्रिपुण्ड चन्दन गर्नका लागि बिहानदेखि नै भिड लागेका छन् । 



https://ift.tt/jcs8H2o

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3