Menu

आजको मौसम

महाशिवरात्रिको अवसरमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

Author
Trilok Khabar |
March 01, 2022
Featured

राजविराज । महाशिवरात्रिको अवसरमा राष्ट्रिय एकता अभियानले अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ । 

अभियानसँग आबद्ध युवाहरूले राजविराजमा रहेको हरि नन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा मङ्गलवार एक कार्यक्रमको आयोजना गरी अशक्त तथा अपाङ्गता भएको व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

मन्दिर परिसरमा आउने असक्तहरूलाई मनोबल उच्च पार्न सम्मान स्वरूप दोसल्ला ओढाएर सम्मान गरिएको अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहले बताउनुभयो । 

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष साहले अशक्तहरूलाई समाजमा सम्मान बढाउन आफूहरूको संस्था सदैव अगाडी रहने बताउनुभयो । 

उहाँले धार्मिक क्षेत्रमा पनि सबैको पहुँच हुनुपर्ने आवश्यक रहेको समेत बताउनुभयो । 

कार्यक्रममा धार्मिक क्षेत्रसँग आबद्ध रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।  



https://ift.tt/qC5fMnb

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3