Menu

आजको मौसम

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेर्न पुगेका ३९ जना पक्राउ

Author
Trilok Khabar |
March 28, 2022
Featured

जनकपुर, १४ चैत । चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरूले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न पुगेका अभियानकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारी मध्ये ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
सिरहाको मारूती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमवार विरोध प्रदर्शन गरिएको हो । उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या समाधान गर्नका लागि समेत माग गरेको छ । 
करिब ८ महिना अघि पनि अभियन्ताहरूले गरेको आमरण अनसनको क्रममा तत्कालिन प्रदेश २ सरकारले चुरे वन जंगल र मारूती सिमेन्टले सिरहामा गरेको जग्गा अतिक्रमणको विषयमा छानविन गरी २१ दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको थियो । तर सो प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अभियानका अध्यक्ष सुनिल यादवले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3