वीरगंज, १५ चैत ।
पर्साको जगरनाथपुर गाउंपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापामारी गरेको छ ।
आज बिहान गापाको कार्यालयमा अख्तियारका विष्णुप्रसाद सापकोटाको टोलीले छापामारी गरी अनुसन्धान शुरु गरेको छ । टोलीले प्रशासकीय अधिकृत राज कुशवाहालगायतका कर्मचारीहरुसंग सोधपुछ गर्दैछ ।
गापाले कोरोना अनुदानको नाममा लाखौंको अनियमितता गरेको समाचार बाहिरिएपछि अख्तियारले छानबिन शुरु गरेको हो ।