Menu

आजको मौसम

नेपाली कांग्रेस पर्सा: सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी

Author
Trilok Khabar |
March 04, 2022
Featured

वीरगंज, २० फागुन । 
नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन।
शुक्रवार बिहान सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी श्यामप्रसाद पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन। क्षेत्रीले १ हजर १ सय १० र निकटतम प्रतिद्वन्दी पटेलले ६ सय ४५ मत प्राप्त गरेको मतदान अधिकृत नरेन्द्र केसीले बताए।
विजयी क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन रहेको थियो। पटेललाई भने संस्थापन इतर पक्षका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यको समर्थन थियो।
जिल्लाका अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकै प्यानल विजयी भएको छ। उपसभापतीमा रामनारायण कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी, सहसचिवमा नवीन सिंह र मदन राउत अहिर विजयी भएका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3