वीरगंज, २ चैत .
ऊर्जामन्त्री पम्फा भुसालले शहीदको योगदानको कारण देशमा आमूल परिवर्तन भएको बताएकी छन् ।
मधेस प्रदेश सरकारले जनयुद्धमा शहीद भएका परिवारहरूलाई नगद तथा सम्मान कार्यक्रममा बोल्दै उनले शहीदहरुको लागि सरकारले राहत कार्यक्रम ल्याउने बताइन् ।
मधेश प्रदेशका सञ्चारमन्त्री भरत साहको अध्यक्षतामा भएको कार्यक्रममा १८ जना शहीद परिवारलाई जनही रु १ लाखको चेक तथा सम्मानपत्र प्रदान गरिएको थियो ।