वीरगंज, १७ चैत ।
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रज्ञापनपत्रबिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाडौंतर्पm लादै गरेको सूचनाको आधारमा प्रहरीले चैत १६ गते घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
ट्रकसहित सामान कारबाइको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्