राजविराज । मधेश प्रदेश सरकारले जनयुद्धमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।
आज सप्तरीको राजविराजमा आयोजना गरिएका एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानले संयुक्त रुपमा जनयुद्धका १२ सहिद परिवारलाई एक/एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
सो कार्यक्रममा मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनयुद्धका सहिद परिवारलाई तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख प्रदान गरिएको बताउनुभयो ।
दोस्रो चरणमा बाँकी रकम प्रदान गरिने उहाँले जानकारी दिनुभयो । जनयुद्धको क्रममा यस प्रदेशमा ५ सय ४२ जनाले ज्यान गुमाएका थिए । ती परिवारलाई पनि क्रमिक रुपमा आर्थिक सहयोग प्रदान गरिने प्रतिष्ठानकी सदस्य कविता ठाकुरले जानकारी दिनुभयो ।
मधेश सरकारले यसअघि मधेश आन्दोलनका सहिद परिवार र घाइतेहरूलाई आर्थिक सहयोग थिए ।
https://ift.tt/8Bsy0AI
प्रतिक्रिया लेख्नुहोस्