Menu

आजको मौसम

वैवाहिक गीत गाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, ७ जना घाइते

Author
Trilok Khabar |
April 17, 2022
Featured

रौतहट, ४ वैशाख । रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहे घरमा गीत गाउँने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह भइ लाग्दा ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो।  
दुर्गाभगवती गाउँँपालिका १ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसनध्यामा शनिवार अबेर गाउँँलेहरू भेला भएर नाचगान गरिरहेका थिए ।  गीत गाउँने क्रममा  माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो । 
सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । करेन्ट लागेर घाइते हुनेहरूमा दुर्गाभगवती १ पिपरा बस्ने  सिता देवी राउत बरै, अनिता देवी राउत, मन्तोरिया देवी, मुनि राउत, केवला देवी, शुसिला देवी र हिरिया देवी रहेको प्रहरीले जनाएको छ। तराई मधेसमा  विवाह हुँदा झन्डै दुर्ईसाता अघिदेखि छिमेकीहरू बिहे घरमा जम्मा भएर लगनको शुभगीत गाउँने चलन रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3