Menu

आजको मौसम

छिपहरमाईका साहरुख मंसुरी सहित सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश

Author
Trilok Khabar |
April 05, 2022
Featured

वीरगंज। पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वाका सयौं युवाहरु एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विभिन्न क्षेत्रमा क्रियाशील युवाहरु मुलुकको निम्ति आवाश्यक पार्टी  माओवादी केन्द्र हो भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
वीरगंज १३ राधेमाई स्थित माओवादी केन्द्रको कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा साहरुख मंसुरी , मुमताज मिया ,दिपेश पटेल , मोरध्वज यादव ,चन्देश्वर दास तातवा, अम्जद मिया ,रुस्तम मिया , मिर्जापुर निवासी नवल साह तुरहा लगायतका सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशी युवाहरुलाई माओवादी केन्द्रका अगुवाहरुले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिजय महतोको प्रमुख अतिथियतामा र जिल्ला संयोजक रामदरस कुशवाहाको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य छोटेलाल यादव , क्षेत्र नं ४ का क्षेत्रीय इन्चार्ज ईमदाद गद्दी उर्फ सुगा , क्षेत्र नं २ का क्षेत्रीय इन्चार्ज अमिताभबचन दास ,पार्टीका छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष मुक्तिनारायण साह कानु , छिपहरमाईको गाउँपालिका अध्यक्षका  प्रत्याशी  राजीव उर्फ राजु जैसवाल,सन्तोष पटेल ,रमेश चौरसियालगायतको उपस्थिति थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3