Menu

आजको मौसम

पर्सामा तीन लाख ३९ हजार मतदाता

Author
Trilok Khabar |
April 01, 2022
Featured

वीरगञ्ज, १८ चैत/
पर्सा जिल्लामा आगामी  स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७  पुरूष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त संख्याका  मतदाता पुगेका हुन् । 
गत स्थानीय तहको निर्वाचनमा दुर्ई लाख ८० हजार २१२ मतदाता भएकामा  यसपटक ५९ हजार ६२४ मतदाता बढेका हुन् ।  सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ छन् । गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् ।सबैभन्दा कम मतदाता धोविनी गाउँँपालिका छ । त्यहाँ  केवल १२ हजार २३६ मतदाता छन् ।
यसैगरी  तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३१३, पर्सागढी नगरपालिकामा २२ हजार ८०७ र पोखरिया नगरपालिकामा १९ हजार ६६४ मतदाता  छन् । गाउँँपालिकामध्ये सबैभन्दा धेरै सखुवापर्साैनी गाउँँपालिकामा १९ हजार ७६३, छिपहरमाई गाउँँपालिकामा १५ हजार ६६४, जगरनाथपुर गाउँँपालिकामा १८ हजार ६१, पकाहमैनपुर गाउँँपालिकामा १२ हजार ३१४, विन्दवासिनी गाउँँपालिकामा १४ हजार ८०४, कालिकामाई गाउँँपालिकामा १२ हजार ९७५, जीराभवानी गाउँँपालिकामा १३ हजार ९२९, ठोरी गाउँँपालिकामा १४ हजार ७०८ र पटेर्वासुगौली गाउँँपालिकामा १३ हजार ९२०मतदाता छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा  १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3