Menu

आजको मौसम

विद्यार्थीको परीक्षा भइरहेको अवस्थामा वीरगंजको ध्वनि प्रदूषण नियन्त्रण गर्न माग

Author
Trilok Khabar |
April 22, 2022
Featured

वीरगंज, ९ चैत ।
प्रेस मञ्च नेपालले आज जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउंदै ध्वनी प्रदूषण नियन्त्रण गर्न माग गरेको छ ।
प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष वीरेन्द्र साह र पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इनस्योरेन्स कं।लि।का   केन्द्रिय उपाध्यक्ष अम्बिका प्रसाद तेलीले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउंदै एसइई तथा १२ कक्षाको परीक्षा दिन ठिक्क परेका विद्यार्थीहरूको पढाइमा ध्वनि प्रदूषणले प्रत्यक्ष नकारात्मक असर पुर्याई रहेकोले ध्वनि प्रदूषण नियन्त्रण गर्न माग गरेको छ ।
अहिले टोलटोलमा उच्च लाउडस्पिकर लगाएर धार्मिक तथा चुनावी गतिविधि ह्वात्तै बढेको भन्दै ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने केन्द्रीउ उपाध्यक्ष्ँ साहले बताए ।
विज्ञप्तिमा पर्सा जिल्लाको सदरमूकाम वीरगंज घनावस्ती भएको शहरमात्र नभई मुलुकको पछिल्लो संरचना अनुसार महानगरपालिका पनि भएको छ ।  यस्तो महŒवपूर्ण नगरीमा मानव अधिकार हननको दायरामा पर्ने अत्याधिक ठूलो आवाजमा लाउडस्पीकरबाट ध्वनि प्रदुषण गर्ने क्रम ह्वात्तै बढेको छ । जसको कारण बिहान, बेलुका र रातीसम्म पनि बृद्धबृद्धा, बिरामी र विद्यार्थी, त्यसमा पनि अब एसइई तथा १२ कक्षाको परीक्षा दिन ठिक्क परेका विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष नकारात्मक असर पुयाई रहेकोले ऐन कानूनमा पनि अरूलाई नकारात्मक असर पुरु्याउन नपाइने कुरा उल्लेख गरिए अनुसार ध्वनि प्रदुषणलाई यो पालिका र जिल्लाका अन्य पालिकाका घनावस्ती भएका ठाउँमा पनि नियमन गरी कार्यान्वयनको पक्षमा कडाई गरिदिन हुन प्रजिअको ध्यानाकर्षण गराइएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3