Menu

आजको मौसम

पाँच दलीय गठबन्धनद्वारा वीरगंजमा एकबद्ध भएर निर्वाचनमा होमिने निर्णय

Author
Trilok Khabar |
April 27, 2022
Featured

वीरगंज, १४ वैशाख  । सत्तारूढ पाँच दलीय गठबन्धनका दलहरूबिच मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जमा कसरी एकबद्ध भएर निर्वाचनमा होमिने भन्ने विषयमा आज छलफल भएको छ । 
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतिŒवमा बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । 
बैठकले नेपाली काङग्रेसका नेता श्याम कुमार पोखरेलको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । 
समितिको सदस्यहरूमा नेपाली काङग्रेसका नेता प्रकाश कुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता मुकेश द्विवेदी र नेकपा एकिकृत समाजवादी पार्टीबाट वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी रहनुभएको छ  ।
यस्तै, बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ । उक्त समितिको सदस्यमा नेपाली काङ्ग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, नेकपा माओवादी केन्द्रबाट शेखचाँद तारा,  छोटेलाल यादव र नेकपा एकिकृत समाजवादी पार्टीबाट गङ्गा बहादुर खड्का रहनुभएको छ । 
बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले गठबन्धनलाई पर्साका हरेक स्थानीय तहमा जित दिलाउनुपर्ने कुरामा जोड दिनुभयो । केन्द्रिय गठबन्धनको निर्णयबमोजिम पर्सा जिल्लामा पनि गठबन्धनको पवित्रतालाई जोगाउँन र गठबन्धनको मर्यादा कायम राख्नु सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो । 
वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली काङग्रेसका इम्तियाज आलम रहनुभएको छ । 
बैठकमा नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एसका नेता चिरञ्जीवी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3