स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

नगरवासीको समृद्ध वीरगञ्ज हेर्ने चाहना गठबन्धन जिते मात्र पूरा हुन्छ : राजेशमान सिंह

SHARE:

वीरगञ्ज, १७ वैशाख । जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसको गठबन्धनले वीरगञ्जमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गठबन्धनबाट वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंह र नेपाली कांग्रेसबाट उपमेयरमा इम्तियाज आलम उम्मेदवार छन् ।

सिंह र आलमले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को सुगौलीमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा स्थानीयहरुसँग भेटघाट गर्दै सिंह र आलमले मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्न आग्रह गरे । स्थानीयहरुले पनि सिंह र आलमलाई विजयको शुभकामना दिँदै मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयरका उम्मेदवार सिंहले वीरगञ्जको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

सिंहले आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । 'महानगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्', सिंहले भने, 'जनअपेक्षा एकातिर थियो, नेतृत्वले अर्कातिर काम गर्यो । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।'

उनले पदमा नरहेपनि जनताको सेवामा आफूले निरन्तर काम गरेको बताउँदै भने 'पदमा कुनै बेला भइएला, कुनै बेला नभइएला तर म सधै वीरगञ्जबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु', उनले भने, 'विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।'

उनले वीरगञ्जमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफ सधै लाग्ने जनाए ।

त्यस्तै, उपमेयरका उम्मेदवार इम्तियाज आलमलेआफू विजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको विकासमा लाग्ने बताए । उनले कांग्रेस र जसपाका कार्यकर्ताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरे । घरदैलोमा देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनको भनाई थियो ।

घरदैलो कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेपाली कांग्रेसका नेता रामरूप कुर्मी, प्रकाश उपाध्याय, श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, जसपाबाट वडा नम्बर २६ का वडा अध्यक्ष उम्मेदवार ग्यासुदीन मियाँलगायत नेपाली कांग्रेस र जसपाका स्थानीय नेता, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: नगरवासीको समृद्ध वीरगञ्ज हेर्ने चाहना गठबन्धन जिते मात्र पूरा हुन्छ : राजेशमान सिंह
नगरवासीको समृद्ध वीरगञ्ज हेर्ने चाहना गठबन्धन जिते मात्र पूरा हुन्छ : राजेशमान सिंह
https://blogger.googleusercontent.com/img/a/AVvXsEgFT1obMBrTw4adqliSgMlXJlUsboxRhjIKs90DweziZOrEYkAtL24QXKxqpgm4RQyq-aav0yKOToJcNywJAFREedAWQkPuXRP86gU4dyGaMcTbO0M8FcEhyLgnTQ0FJ2_x7kl8TQI0yEdLGwOIxXAa5bUX-JpsirUY1wHaOiVEwfPtRnoExJQwck-gJw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgFT1obMBrTw4adqliSgMlXJlUsboxRhjIKs90DweziZOrEYkAtL24QXKxqpgm4RQyq-aav0yKOToJcNywJAFREedAWQkPuXRP86gU4dyGaMcTbO0M8FcEhyLgnTQ0FJ2_x7kl8TQI0yEdLGwOIxXAa5bUX-JpsirUY1wHaOiVEwfPtRnoExJQwck-gJw=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/05/blog-post_1.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/05/blog-post_1.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content