Menu

आजको मौसम

वीरगंजका मेयर सिंहलगायत निर्वाचित जनप्रतिनिधिद्वारा नगरवासीबीच शपथ ग्रहण

Author
Trilok Khabar |
May 26, 2022
Featured

वीरगंज,१२ जेठ । वीरगंज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले पद तथा गोपनियतको सपथ लिएका छन् ।
बिहीवार वीरगंजको पुरानो बसपार्क परिसरमा आयोजित खुल्ला समारोहमा नगवरवासीको बिचमा नवनिर्वाचित नगरप्रमुख सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको शपथ लिएका हुन् । त्यसपछि कार्यक्रममा नवनिर्वाचित उपमेयर इम्तियाज आलम र ३२ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यले शपथ लिएका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा पुर्व उपप्रधानमन्त्री एंव जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत,प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, प्रतिनिधीस्भा सदस्यहरू, प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका जिल्ला अध्यक्षहरू, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू,सरकारी कार्यालयका प्रमुखका साथै वीरगंजवासीको उल्लेख्य संख्यामा सहभागीता थियो । वीरगंज महानगरमा मेयर गठबन्धनबाट जसपाका सिंह, उपमेयर काङग्रेसका आलम निर्वाचित भएका हुन् । यस्तै महानगरका ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले ९, नेकपा एमालेले ८ र लोसपाले २ वटा वडामा वडाअध्यक्ष जितेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3