वीरगञ्ज, १७ बैशाख । वीरगञ्ज उधाेग वाणिज्य संघका अध्यक्ष डा. सुबाेध कुमार गुप्ताले वीरगन्ज महानगरले बढाएकाे करले जनताकाे ढाड सेकिएकाे बताए । जनतासँग भए गरेका केही सम्पत्ति पनि कर तिरेरै सिद्दिने हाे कि भन्ने अवस्था आएकाे उनको भनाई छ ।
स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाकाे मेयर पदका उम्मेदवार राजेशमान सिंहसँग संघले आफ्नै सभाहलमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै गुप्ताले यस्ताे बताएका हुन् । महानगरले सम्पत्ति कर ४ सय प्रतिशत बढाएकाेले त्यसलाई न्युनिकरण गर्नुपर्ने उनको भनाई थियाे ।
प्रदेश र केन्द्र सरकारले वीरगन्जमा देखिने खालकाे कुनै काम गर्न नसकेकाेले महानगरसँग सहकार्य गरेर संघले सिग्नेचर प्राेजेक्ट गर्न चाहेकाे गुप्ताले बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू अशाेक टेमानी, गणेश लाठ, प्रदीप केडिया तथा पदाधिकारी माधव राजपाल, अनिल पटवारीलगायतले उधाेगी व्यवसायीकाे लागि मेयरमा निर्वाचीत भएपछि गर्नुपर्ने कामकाे सुझाव तथा जिज्ञासा राखेका थिए ।
स्थानीय सरकारकाे ५ वर्षे कार्यकाल सुखद नभएकाे, सर्वसुलभ सेवा र सुशासन महशुस गर्न नसकिएकाले तपाईं कसरी अगाडि बढ्नुहुन्छ भनेर सिंहलाई प्रश्न गरीएकाे थियाे ।
जवाफमा सिंहले आफू भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएर अगाडि बढ्ने बताए । उनले आफू सबै विषयकाे विज्ञ हुन नसक्ने हुँदा हरेक क्षेत्रका विज्ञलाई साथमा लिएर विकासकाे एक मात्र लक्ष्य राखेर अगाडि बढ्ने बताए । तपाईंहरूकाे समस्याको समाधान तपाईंहरूलाई नै थाहा छ त्यसकाे जिम्मा म तपाईंहरूलाई नै दिन्छु । यसाे गर्दा समस्याको सहि हल निस्कन्छ । म सबैलाई समेटेर अगाडि बढ्छु सिंहले भन्नुभयाे । संघले मेयरका उम्मेदवारहरू सबैसँग यस किसिमको अन्तरक्रिया गर्ने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्