Menu

आजको मौसम

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

Author
Trilok Khabar |
May 30, 2022
Featured

वीरगंज, १६ जेठ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२४ निवासी २२ वर्षीय सुनिल यादव  र वीरगंज–१७ निवासी १९ वर्षीय राहुल यादव रहेको जिप्रका, पर्साले जनाएको छ । 
२०७९।०२।१४ गते वीरगञ्ज महानगरपालिका वडा नं. १७ बस्ने रामबिर सहनीको ना.२४ प १२१८ नम्बरको डिस्कभर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको प्रहरीले जनाएको छ । सिर्सियामा प्रहरीले चेकजाँच गर्ने क्रममा जेठ १५ गते साँझतिर आइसिपीतिर जाँदै गरेको यादवद्वयलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । 
पक्राउ परेका यादवद्वयमाथि चोरी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3