वीरगंज, १६ जेठ ।
पचरौता नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जलन्धर सिंहले आज शपथ ग्रहण गरेका छन् । प्रमुख जिल्ला न्यायाधीश खिलराज रेग्मीले नगरप्रमुख सिंहलाई शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा प्रमुख न्यायाधीश रेग्मीले नवनिर्वाचित नगरप्रमुख सिंहको कार्यकाल सफलताको शुभकामना दिएका थिए । उनले जनताको मन जित्ने गरी काम गर्न सुझाव दिए ।
नवनिर्वाचित नगरप्रमुख सिंहले जनताको सेवा नै आफ्नो कर्तव्य रहेको बताए । नगरवासीको हकहित र नगरको विकास नै आफनो प्रमुख उद्देश्य रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्