Menu

आजको मौसम

छिपहरमाई गापा–२ चेरगाहामा पुनः मतदान गर्नुपर्ने नेपाली कांग्रेसका नेता नवीन सिंहको माग

Author
Trilok Khabar |
May 16, 2022
Featured

वीरगंज, २ जेठ । नेपाली कांग्रेसबाट छिपहरमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार नवीन सिंहले पुनः मतदान गराउनुपर्ने माग गरेका छन् । 
सोमवार वीरगंजमा पत्रकार सम्मेलन गरेर नेता सिंहले छिपहरमाइ गाँउपालिका वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा पुन मतदान गराउन माग गरे । मतदान र मतगणनामा धाधली गरिएको भन्दै काङग्रेसले विरोध गरेपछि छिपहरमाइ गाउँपालिकाको मतगणना कार्य आइतवार दिउँसोदेखि रोकिएको छ । 
उनले शुक्रवार भएको मतदान रद्द गरेर पुन मतदान नगरिए पुरै गाँउपालिकाको मतगणना शुरू हुन नदिने चेतावनी दिए ।
मतदान र मतगणना दुवैमा निवर्तमान गाँउपालिका अध्यक्ष एंव नेकपा एमालेका अध्यक्ष मनोज गुप्ताले धाधली गरेको आरोप सिंहको छ । उनले पुन मतदानको मिति घोषणा गर्नुपर्ने माग गरे । 
सिंहले शुक्रवार भएको मतदानका क्रममा चेरगाहा मतदान केन्द्रमा एमाले अध्यक्ष उम्मेदवार गुप्ताले गाँउपालिका कार्यालयमा आफुले करारमा नियुक्त गराएका कर्मचारीहरू मार्फत धाधली गराइ मतदाता भन्दा बढि संख्यामा मत खसाउन लगाएको आरोप लगाए ।
गुप्ताको निर्देशनमा गाँउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका सहायक मतदान अधिकृत शम्भु साहले १५९० मत खसेको भएपनि इन्ट्रि भने १६२० मतको गराएर मुचुल्का उठाएको आरोप सिंहको छ ।
यसका साथै एमाले उम्मेदवार गुप्ताले मृत्यु भइसकेका मतदाताको नाममा पनि मत खसाउन लगाएको र त्यसको प्रमाण पनि आफुसंग सुरक्षित रहेको सिंहले बताए ।
त्यहि बेला आफुहरूले विरोध गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सिंहले अहिले मतगाणनाका क्रममा पनि गुप्ताले करारमा नियुक्त गरेका कर्मचारीहरूले धाधली गरेपछि आफुहरूले आइतवार देखि मतगणना रोक्न लगाएको बताए ।
उनले मतदान र मतगणनामा धाधली गर्ने कर्मचारी र एमाले अध्यक्ष उम्मेदवार गुप्तालाइ तत्काल पक्राउ गरि कानूनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग पनि गरे । आफुले निर्वाचन कार्यालयसंग तीन दिन देखि माग गर्दै आइरहेपनि कुनै सुनवाइ नभएपछि सोमवार पत्रकार सम्मेलन गर्न बाध्य भएको सिंहले बताए ।
पत्रकार सम्मेलनमा काङग्रेसका जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे, पुर्व जिल्ला सचिव किशोरी साह कानु लगायतका नेताको पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3