Menu

आजको मौसम

नाबालिकाको अपहरण गरी करणी गरेको आरोपमा एकजना पक्राउ

Author
Trilok Khabar |
May 02, 2022
Featured

कलैया, १९ वैशाख ।
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले नाबालिकालाई अपहरण गरी जवर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
२०७८–१०–१० गते साँझ ५ः०० बजेको समयमा १२ वर्षीया नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा रौतहट कटहरिया नगरपालिका वडा नं.७ बगही टोल बस्ने वर्ष २० को अफरोज अंसारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कलैया घर भएकी सो बालिका साथीको घरमा जाने क्रममा अन्सारीले डर त्रास देखाई अपहरण गरी कलैयाको एकान्त स्थानमा लगी जवर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । त्यसपछि अन्सारीले बालिकालाई काठमाण्डौमा लगी बन्धक बनाई राखेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई काठमाडौंबाट उद्धार गरेको थियो भने अन्सारी फरार भएका थिए ।
वैशाख १७ गते प्रहरीले अन्सारीलाई पक्राउ गरी अपहरण शरीर बन्धक तथा जवर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन सात दिने म्याद लिएर अनुसन्धान गरिरहेको जिप्रका, बारा प्रवक्ता प्र.ना.उ. राजेश थापाले जनाएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3