वीरगञ्ज, २५ बैशाख । गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले झूटो आश्वासन दिएर मधेसी जनताको मतको अपमान भइरहेको बताएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा आयोजित कार्यक्रममा नेता सिंहले बेलवासहित अन्य ग्रामीण वडाका नागरिकको विश्वास पात्र बन्ने बताए ।
बेलवामा सिंहको रोड शोमा कुराकानी गर्दै मेयरका उम्मेदवार सिंहले अब भ्रष्टाचारी र घुसखोरीको समय सकिएको बताए । वीरगञ्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने सिंहले बताए ।
ग्रामीण वडालाई सडकसञ्जालमार्पmत महानगरसँग जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धता छ । जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने छ उनले भने ।
प्रदेशसभा सदस्य जनत अन्सारीले महानगरको यसअघिका मेयरले विकास निर्माणको कुनै काम नगरेको र जनतालाई साढे ४ वर्षसम्म मुर्ख मात्र बनाएको आरोप लगाए । कमिसनको चक्करमा विकास निर्माणको कुनै काम भएन अहिले जनताले प्रश्न गर्दा प्रदेश र केन्द्रीय सरकारमाथि दोष थोपिने गरेको उनले बताए ।
कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्