Menu

आजको मौसम

मंगलवारदेखि पर्सा जिल्लामा रक्सीको बिक्री र सेवनमा प्रतिबन्ध

Author
Trilok Khabar |
May 09, 2022
Featured

वीरगंज, २६ बैशाख । पर्सा जिल्लामा मङगलवार देखि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ ।
बैशाख ३० को पालिकालाइ लक्षित गरि स्थानीय प्रशासनले बैशाख २७ गते (मङगलवार ) देखि मतदानको दिन बैशाख ३० को मध्यराति १२ बजे सम्मका लागि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाउँने निर्णय गरेको हो ।
सोमवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङगलवार देखि बैशाख ३० सम्म जिल्लाभर मदिरा र मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाउँने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी गराए ।
सुरक्षा समितिको निर्णय पालना गर्न र गराउन सरोकारवाला सबै निकाय र जिल्लावासीलाइ स्थानीय प्रशासनले सुचना निकालेर आग्रह पनि गरेको उनले बताए ।
यदि कसैले स्थानीय प्रशासनको निर्देशनलाइ अटेर गरि मदिराको बिक्रीवितरण, ओसार पसार र सेवन गरेमा सम्बन्धीत व्याक्तिलाइ कानून अनुसार कार्वाही गरिने चेतावनी पनि उनले दिए ।
यता होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले पनि सोमवार एक सुचना जारी गर्दै स्थानीय प्रशासनको निर्णयलाइ पालना गर्न र गराउन वीरगंजमा सनचालित सबै होटल, रेष्टुरेण्ट र लजहरूलाइ अनुरोध गरेको छ ।
संघका अध्यक्ष हरि पन्तले सोमवार सामाजिक सनजाल मार्पmत सुचना जारी गर्दै बैशाख ३० को स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै मङगलवार देखि वीरगंजमा रहेका सम्पुर्ण होटल रेष्टुरेण्टहरूमा मदिराजन्य पदार्थहरूको बिक्री वितरणमा पुर्णरूपमा रोक लगाउँन अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट निर्देशन भए अनुसार सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायिहरूलाइ त्यहि अनुसार गर्न गराउन उनको आग्रह छ । मदिराजन्य पदार्थको बिक्रि वितरण निषेध गर्ने स्थानीय प्रशासनको आदेश पालना भए नभएको वारे अनुगमन र निरीक्षणका लागि होटल रेष्टुरेन्टहरूमा प्रहरी खटाइने जानकारी समेत पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतबाट आएको पन्तले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3