बारा, २६ वैशाख । बारा जिल्लामा पनि बैशाख २७ गते राति १२ बजदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकरी शिवराज सेडाइँका अनुसार बैशाख ३० को मध्यराति १२ बजे सम्मका लागि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको बताए । उनले कसैले नियमको उल्लघंन गरी मदिरा बिक्री तथा बेचबिखन गरेर कानून अनुसार दण्ड जरिवाना गरिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्