वीरगंज, ६ असार । अविरल वर्षाको कारण पोखरीको माछा बगेर लाखौंको क्षति भएको छ ।
वर्षाको कारण जितपुरसिमरा उ.म.न.पा.१९ गुलरिया टोल स्थित अंसारी एकिकृत कृषि फर्मको पोखरीको माछा बगेर तीन लाख बबराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ ।
वर्षाको पानीले पोखरी भरिएपछि नजिकै रहेको नहरको रोहु, बिग्रेट र सिल्भर प्रजातिको माछाहरू बगेको बारा प्रहरीले जनाएको छ ।