Menu

आजको मौसम

व्यक्तिलाई बेचिएको १६ कट्ठा जग्गा अदालतले सार्वजनिकरण गर्‍यो

Author
Trilok Khabar |
June 08, 2022
Featured

बारा  । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा रहेको व्यक्तिलाई बेचिएको १६ कट्ठा जग्गा अदालतले सार्वजनिकरण गरिदिएको छ ।

जितपुर गौशालाको नाममा रहेको  कि.न. २४५ को  १२ कट्ठा जग्गा र कि.न. ६१ को ४ कट्ठा जग्गा सर्वोच्च अदालतले सार्वजनिकरण गरेको हो । 

सार्वजनिकरण गरिएको जग्गा बिरगंज पथलैया राजमार्गसँग जोडिएको जीतपुर बजार क्षेत्रमै रहेको छ । उक्त  जग्गा भुमाफियाहरूले विभिन्न बनावटी कागज बनाई बिरगंज गौशालाको भनी प्लटिङ गरेका थिए । विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको जग्गा बदरको माग गर्दै साबिकको गाउँपालिका तथा हालको उपमहानगरपालिकाको भोग चलन रहेको जग्गा भएकोले सार्वजनिक कायम गरी पाउ भनी आदर्श कोतवाल गाउँपालिकाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । 

सर्वोच्च अदालतको मिति २०७९ साल जेठ २३ गतेको फैसलाले उक्त जग्गा सार्वजनिकरण गरिएको छ ।

अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको बेन्चबाट सो फैसला भएको हो । 

उक्त मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता नारायणप्रसाद देवकोटा र अधिवक्ता दामोदर पौडेलले बहस गर्नुभएको थियो । सो जग्गा विवाद अदालतमा लामो समय चलेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3