Menu

आजको मौसम

भारत र भियतनाम रणनितिक सम्झौता

Author
Trilok Khabar |
June 20, 2022
Featured

- यीतेन्द्र शर्मा
दक्षिण छिमेकी भारतका रक्षामत्री राजनाथ सिंहको भियतनाम भ्रमण हालै सम्पन्न भएको छ । उनको भियतनाम भ्रमणका दौरान दुई देश वीच सन् २०३० सम्म दुईपक्षीय रक्षा सम्बन्धका क्षेत्र र मापदण्डलाई बढाउनका निम्ति एक संयुक्त दृष्टि दस्तावेज माथि हस्ताक्षर भएको छ । जवकि एक अन्य सम्झौतालाई मूर्तरुप प्रदान गरिएको छ । जसमा दुवै देशले एक अर्को देशका सैनिकलाई आ–आफ्नो देशमा आवश्यक वस्तुको खरिद र उपकरणको मरम्मत सम्भारमा सहयोग गर्ने भएका छन् । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढदो हस्तक्षेप र प्रभावलाई रोक्ने विषयमा पनि दुवै देशवीच छलफल भएको अनुमान छ ।

भियतनाम सितको घनिष्ट सुरक्षा सहयोग सम्बन्धले एशिया–प्रशान्त क्षेत्रमा स्थायित्वका लागि उपयोगी सावित हुने भन्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुवै देश बिच बहुआयामिक विषयमा छलफल भए पनि मूलत हाल प्रभावकारी तथा व्यवहारिक सम्बन्धका विषयमा भेटवार्ता केन्द्रित रहेको बताए । भियतनामका आफना समकक्षी जनरल फान वान जियाङसितको भेटवार्तामा दुईपक्षीय हितका विष्यका अतिरिक्त क्षेत्रीय एवं अन्तरराष्ट्रिय विषयमा पनि वार्ता गरे । लजिस्टिक सपोर्ट सम्बन्धि सम्झौतालाई ठूलो सफलता मानिन्छ किनभने भियतनामले पहिलो पटक कुनै देशसित यस्तो सम्झौता गरेको छ । जवकि भारतले भने अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, उत्तर कोरिया र सिङ्गापुर सित यस्तो सम्झौता अघि नै गरिसकेको छ । दुबै देशवीच भएको एक सम्झौतामा भारतले भियतनामलाई ५०० मिलियन डलरको रक्षा सामग्राी पनि उपलब्ध गराउने भएको छ । भारत र भियतनाम एक अर्काको निम्ति विश्वासिलो सहयोगी एवं मित्र राष्ट्रको रुपमा रहदै आएको छ । राजनाथ सिंको यस भ्रमणले दुई देशबिचको सम्बन्धलाई बलियो बनाएको छ साथै चिनलाई जिस्कयाएको हुनसक्छ ?

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3