स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

मधेश प्रदेशमा कृषि वाली तथा माछा उत्पादनमा वृद्धि

SHARE:

जनकपुरधाम । कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता घटाई मुलुकलाई खाद्यान्न, फलफूल, माछा मासु तथा दुग्धमा आत्म निर्भर बनाउनका लागि शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले काम गरेपछि मधेश प्रदेशमा कृषि उत्पादनमा वृद्धि भएको छ ।  

कृषिमा आधुनिकीकरण, विशिष्टीकरणण तथा यान्त्रीकरण गरेर कृषिको उत्पादन बढाएर मुलुकलाई खाद्यान्नमा आत्म निर्भर बनाई विदेश निर्यात गर्ने उद्देश्यले राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालनमा आएको परियोजनाले काम गरेपछि मधेश प्रदेशमा कृषिको क्षेत्रफल विस्तार भएर उत्पादन तथा उत्पादकत्वमा पहिला भन्दा वृद्धि भएको छ । 

परियोजनाको परियोजना समन्वय इकाई जनकपुरले महोत्तरीको बर्दिबासमा आज गरेको आर्थिक वर्ष २०७९÷८० को चौमासिक समीक्षा कार्यक्रममा परियोजना शुरु भएको पाँच वर्षको अवधिमा तरकारी, धान तथा फलफूलको क्षेत्रफलमा विस्तार भएर २५ हजार ५ सय ७४ हेक्टरमा पुगेको छ । परियोजना शुरु हुँदा मधेश प्रदेशमा ९ हजार ५१ हेक्टर क्षेत्रफलमा ती बालीहरूको उत्पादन हुने गरेको परियोजना समन्वय इकाईका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनु भयो ।  

पाँच वर्षको अवधिमा नेपाल सरकारले मधेश प्रदेशको ८ जिल्लामा १ अर्ब ६८ करोड २५ लाख ९९ हजार विनियोजन गरेकोमा १ अर्ब १३ करोड ५१  लख ४० हजार खर्च गरेर १४ हजार ७ सय ७६ वटा रोजगारी सृजना गरेको रोजगारी प्रदान गरेको समन्वय प्रमुख तिवारीले जानकारी दिनु भयो । यसै गरि परियोजनाले खण्डिकृत जमिनहरूलाई एकीकृत गरेर ३४ वटा चक्लाबन्दीको काम सम्पन्न गरेको छ । परियोजनाले प्रदेशमा २ वटा कष्टम हायरिङ्ग सेन्टरको विकास गरेर एकीकृत रुपमा कृषिको औजारहरू किसानलाई उपलब्ध गराउँदै आएको छ । 

प्रदेशमा सिँचाइको व्यापक अभाव भएको वेलामा ७ सय हेक्टर क्षेत्रफलमा ३ सय ४९ साना सिँचाइ मार्फत सिँचाइ सुविधा प्रदान गरेको छ । परियोजनाले काम गरेपछि माछा खेती हुने क्षेत्रफलमा ३ गुणाले वृद्धि भएको छ । परियोजना शुरु हुनु भन्दा अगाडी ६ सय ५० हेक्टर क्षेत्रफलमा माछा खेती हुने गरेकोमा अहिले आएर १ हजार ८ सय ६५ हेक्टर क्षेत्रफलमा माछा खेती हुने क्षेत्रफल विस्तार भएर माछाको उत्पादन ५ हजार ४ सय ६८ मेट्रिक टन पुगेको छ । परियोजना शुरु हुनु भन्दा अगाडी माछाको उत्पादन २ हजार ९ सय २५ मेट्रिक टन हुने गरेका थिए । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले परियोजनाले पाँच वर्षको अवधिमा प्रदेशको कृषि क्षेत्रमा गरेको प्रगति सराहनीय भएको बताउँदै उत्पादकत्व बढाउने तर्फ विशेष रुपमा ध्यान दिनका लागि आग्रह गर्नु भयो । उहाँले कृषिको उत्पादकत्व वृद्धिका साथै गुणात्मक उत्पादन तर्फ विशेष रुपमा ध्यान दिनका लागि आग्रह गर्नु भयो । 

अध्यक्षको आसनबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केन्द्रीय कार्यालयका वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दले अन्नको बास्केट क्षेत्रको रुपमा मधेश प्रदेश भएकाले क्षेत्रफल विस्तार भन्दा पनि उत्पादकत्व बढाउनका लागि आग्रह गर्दै परियोजनाले अनुदानको वितरण भन्दा पनि प्रविधिको हस्तान्तरणमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनु भयो । 

कार्यक्रममा परियोजनाले काम गरेपछि मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा भएको प्रगतिका विषयमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाका परियोजना कार्यान्वयन इकाईका प्रमुखहरुले जानकारी दिनु भएको थियो । परियोजनाको कूल प्रगति ८५.६० प्रतिशतले भएको छ ।  



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: मधेश प्रदेशमा कृषि वाली तथा माछा उत्पादनमा वृद्धि
मधेश प्रदेशमा कृषि वाली तथा माछा उत्पादनमा वृद्धि
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/1658743397817-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/07/blog-post_2.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/07/blog-post_2.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content