Menu

आजको मौसम

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानसहित तीन जना पक्राउ

Author
Trilok Khabar |
July 22, 2022

६ साउन, सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु छन् ।

यी तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।

२२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।

निवेदन आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले निशाका श्रीमान, ससुरा र देबरसँग सोधपुछ गर्दा उनीहरूले हत्या गरि खेतमा गाडेको बयान दिएका डीएसपी यादवले बताए ।

उनीहरूको बयानका आधारमा ६ साउनमा खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव, साडी, जुटको बोरा र पराल फेला परेको प्रहरीको भनाइ छ ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3