Menu

आजको मौसम

नक्कली नेपाली नोटसहित सर्लाहीबाट भारतीय नागरिक पक्राउ

Author
Trilok Khabar |
July 24, 2022

८ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

नक्कली नोट  चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको यादवले बताए ।

हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3