मधेसखबर
वीरगन्ज,१४ साउन : नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जका एक युवाले वीरगन्ज देखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा गर्ने भएका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले वीरगन्ज देखि दिल्ली सम्मको १०६० किलोमिटरको दुरी पैदल यात्रा गर्ने भएका हुन्।
वीरगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर उनले यस बारे जानकारी गराएका हुन् । नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल -भारतको रोटी- बेटि एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ यो पैदल यात्रा गर्न लागेको उनले बताए ।
पैदल यात्रा छन् यही साउन २१ गते वीरगन्जबाट प्रारम्भ गर्ने भन्दै उनले वीरगन्जबाट बिहारको रक्सौल , नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद , बुलेन्दसहर हुदै दिल्ली पुगेर पैदल यात्रा पुरा गर्ने आफ्नो योजना रहेको जानकारी गराए ।
पैदल यात्राका लागि नेपाल र भारत दुवै देशका सम्बन्धित निकायबाट आफुले अनुमति पनि लिइसकेको जानकारी उनले दिए ।
शनिवारको पत्रकार सम्मेलनमा उनका बुबा,आमा, लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतको पनि सहभागीता रहेको थियो।
The post नेपाललाई विश्वमा चिनाउन वीरगन्जका युवा मुन्नाले वीरगन्ज देखि दिल्ली सम्म पैदल यात्रा गर्ने appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्