जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नंं १ दिउँसै महिलाबाट दुई लाख लुटेर फरार भएका लुटेरालाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ का वर्ष २० को जितेन्द्र प्रसाद साह र वर्ष २१ दीपेन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषामा आज आयोजना गरिइएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनु भयो ।
सबैला नगरपालिका वडा नंं ४ घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नंं १ मा बस्दै आउनु भएकी शर्मिला देवी यादवका श्रीमान् देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रकम सोमबार मिल्स एरियामा रहेको एभरेष्ट बैङ्कबाट झिकेर घर तर्फ गइरहेको वेलामा जनकपुरधामको वडा नंं १ को मोनाष्टिक स्कुल अगाडिबाट लुटेका थिए ।
महिलाले सो रकम प्लाष्टिकको झोलामा मोबाइल सहित राखेर डेरा गइरहेको बेलामा निगरानी गरेर पछ्याउँदै मोटरसाइकलमा आएका ती दुई जनाले झोला सहित लुटेर फरार भएका थिए ।
महिलासँग रकम लुटिएपछि पीडितले प्रहरीलाई जानकारी दिँदा प्रहरीले सिसिटिभी क्यामराको सहाराले अनुसन्धान गर्दै जाँदा दुवै युवकको पहिचान भएर प्रहरीले पक्राउ गर्नमा सफल भएका थिए ।
लुटेरा मध्येका जितेन्द्रको साथबाट महिलाबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दीपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद भएको छ । यसै गरि यामाहा कम्पनीको प्रदेश २–०२–००५–प ००८५ नम्बरको एफ जेड मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
लुटेराले रकम लुटेर एक एक लाख बाँडफाँड गरेर अरू रकम खर्च भएको र बाँकी रहेको रकम प्रहरीले बरामद गर्नमा सफल भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्