![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%B9%E0%A4%B0%E0%A5%81-1024x769.jpg)
वीरगंज । वीरगंजमा ४ वर्षीय बालिकाको बलात्कार गरि हत्या गरेको आरोपमा पर्सा प्रहरीले १२ वर्षीय बालक सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वडा नम्बर १६ का १८ वर्षीय सलमान खान, १८ वर्षीय फैजुल्लाह अन्सारी र १२ वर्षीय बालक रहेका छन् ।
उक्त घटनामा संलग्न भई फरार भएका फैजुल्लाहलाई भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट पक्राउ गरिएको थियो । गत श्रावण ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका हराएको भन्दै उनको हजुरबुवाले उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा खोजी कार्य गर्दै जाँदा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित खाली जग्गाको झाडीमा हराइरहेकी उक्त वालिकाको मृत शव फेला परेको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/%E0%A5%AA-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A5%80%E0%A4%AF%E0%A4%BE-%E0%A4%AC%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B6%E0%A4%B5-%E0%A4%AD%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2.jpg)
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अनुसन्धानको क्रममा बालिका हत्यामा १२ वर्षीय वालकको संलग्नता रहेको भेटिएपछि अनुसन्धानको क्रममा बालकलाई सोधपुछ गर्दा अन्य ३ जनाको समेत संलग्नता रहेको खुलेको थियो ।
हराएकी वालिकालाई सामूहिक बलात्कार पश्चात् कर्तव्य गरी मारेको थप अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । मृतक वालिकाको शव पोष्टमार्टम पश्चात् अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
साथै, पक्राउ परेका आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्