Menu

आजको मौसम

सिके राउतले लिए सन्यास

Author
Trilok Khabar |
July 28, 2022
Featured

मधेसखबर
वीरगन्ज, १२ साउन : जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा १० दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् ।

तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले राउतलाई सन्न्यास दिलाएका हुन् । राउतले नयाँ नाम समेत पाएका छन् । ‘आनन्द मैत्रय’ उनको नयाँ नाम भएको छ । ओशो सन्न्यासीहरूले आफ्नो अलग्गै नाम राख्ने गरेका छन् । साथै, पुरुषहरूले नामको अगाडि ‘स्वामी’ तथा महिलाले ‘मा’ लेख्ने गरेका छन् । ओशो परिवारभित्र बोलाउँदा समेत स्वामी र मा भनेर सम्बोधन गर्ने गरिन्छ ।

सन्न्यास ग्रहण गर्नुअघि राउत नौदिने ध्यान शिविरमा सहभागी भएका थिए । शिविरपछि स्वामी अरुणले राउतलाई ओशोको तस्बिर अंकित लकेट सहितको माला र नयाँ नाम समेत प्रदान गरेका हुन् । साभार : नयाँ पत्रिका

The post सिके राउतले लिए सन्यास appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3