स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि

SHARE:

मधेसखबर
वीरगन्ज,१३साउन : पर्सा राष्ट्रिय निकुञ्जमा पनि पाटे बाघको संख्या दोब्बर भन्दा बढिले बढेको छ ।

सन् २०१८ मा गरिएको गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या १८ मात्र थियो । तर सन् २०२२ मा गरिएको गणनामा उक्त संख्या बढेर ४१ पुगेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जसंगै देशभरमै बाघको संख्या बढेको छ ।अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरे अनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।

गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो ।बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ ।

सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा पाइएका छन् । त्यहाँ १२८ वटा बाघ छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् । बाँकेमा २५ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

बाघ गणनाका लागि चितवन–पर्सा, बाँके–बर्दिया र शुक्ला–लालझाडी–जोगबुढा गरेर तीन वटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ’टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल,२०१७ ’ले निर्दिष्ट गरे अनुसार ’क्यामेरा ट्रायापिङ’ र ’अकुपेन्सी सर्भे विधि’ अपनाएर गरेको थियो ।
नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । नेपालले यो लक्ष्य सन् २०१८को गणनामा झन्डै हासिल गरेको थियो । सन् २०१० नेपालमा १२१ बाघ थिए, सन् २०१३ को गणनामा १९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २३५ पुगेका थिए ।

सन् २०१८ को गणनामा चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ पाइएको थियो ।नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

The post पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि appeared first on Madhes Khabar.



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि
पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/Khanepani-Amlekhjung-4.jpg?resize=1024%2C478&ssl=1
Trilok Khabar
https://www.trilokkhabar.com/2022/07/blog-post_81.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/07/blog-post_81.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content