Menu

आजको मौसम

हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेपछि फेरि हत्या !

Author
Trilok Khabar |
July 22, 2022

६ साउन, जनकपुरधाम । महोत्तरीमा हत्या अभियोगमा ७ बर्ष जेल सजाय भोगेर आएका व्यक्ति दुई महिनामै अर्को हत्याको आरोपमा पक्राउ परेका छन् ।

आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका-५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् ।

रिहा भएर आएको २ महिना नबित्दै रामनाथले ५ साउनमा आफ्नै काका ६० बर्षका रामबहादुर दासको हत्या गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार रामनाथले आँपको बगैंचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3