![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/FB_IMG_1659345511816.jpg)
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका– १ स्थित बजारको जिम हाउसमा आगलागी भएको छ।
आज दिउँसो एक घरको तेस्रो तलामा रहेको स्थानीय युवा व्यवसायी अभिषेक झाले सञ्चालन गर्दै आएको जिम हाउसमा आगलागी भएको हो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/image-1-1024x768.png)
आगलागी अहिले नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपि रवि रावलले जानकारी दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/FB_IMG_1659345132011-1024x576.jpg)
आगलागीको कारण खुल्न सकेको छैन । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी र स्थानीयको प्रयासमा अहिले नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाकी रहेको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/image-2.png)
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/image-1024x768.png)
प्रतिक्रिया लेख्नुहोस्