माधुरी महत्तो
वीरगन्ज,१७ साउन : वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका विधालयहरुलाइ मासिक शुल्क वा कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन निर्देशन दिएको छ ।
मेयर राजेशमान सिंहका सचिवालयले मङगलबार एक सुचना जारी गर्दै महानगरका सामुदायिक वा संस्थागत विधालयमा अध्ययनरत विधार्थीहरुलाइ शुल्क वा कुनै पनि बहानामा परिक्षामा सहभागी हुनबाट रोक लगाउने कार्य नगर्न निर्देशन दिएको हो ।
सोमबार मात्रै अभिभावक संघर्ष समिति वीरगन्जका अध्यक्ष सन्दिप साहले सामाजिक सन्जाल फेसबुकमा एक पोष्ट गर्दै वीरगन्जका नीजी विधालयहरुले शुल्क नतिरेको बहानामा विधालय व्यवस्थापनले परिक्षामा सहभागी हुन बाट रोक लगाउने चेतावनी दिएको जानकारी गराएका थिए ।
त्यसको भोलिपल्ट मङगलबार मेयर सिंहको सचिवालयले सुचना जारी गर्दै शुल्क वा कुनै पनि बहानामा विधार्थीहरुलाइ परिक्षामा सहभागी हुनबाट रोक लगाउने कार्य नगर्न विधालयहरुलाइ निर्देशन दिएको हो ।
यदि कुनै पनि विधालयले विधार्थीहरुलाइ कुनै पनि बहानामा परिक्षामा सहभागी हुनबाट रोक लगाएमा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा सिधै सम्पर्क गर्न विधार्थी र उनिहरुका अभिभावकहरुलाइ मेयर सिंहको सचिवालयले आग्रह गरेको छ ।
The post विधार्थीलाइ परिक्षामा रोक लगाउने काम नगर्न नीजी विधालयलाइ वीरगन्जका मेयरको निर्देशन appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्