मधेसखबर
वीरगन्ज,२५ साउन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।
जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँग कुरा गर्दै तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको बताए । उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । र उहाँले गर्नु पनि हुन्न ।’
राष्ट्रपतिले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने उनले बताए । प्रचण्डले भने, ‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन ।’
The post राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न : प्रचण्ड appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्