Menu

आजको मौसम

प्रदेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने 

Author
Trilok Khabar |
August 01, 2022
Featured

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश प्रदेशको पर्यटनको व्यापक सम्भावना रहेको तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । खास गरेर तीन वटा शहरलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख रहेको छ । 

चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने सरकारले जनाएको थियो । यस्तै वीरगंजमा उद्योग विभाग स्थापना गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिनु भयो । 

जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनु भयो । अहिले सो कार्यालय कामकाज विहीन अवस्थामा रहेका थिए ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3